Loading...
Logo
Image

भक्तपुर १ सहित ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ सय १६ पुग्यो

नेपालमा आज साँझ थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ ।


राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र किटजन्य रोग अनुसनधान तथा तालिम केन्द्र हेटौडामा परीक्षण गर्दा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमा भक्तपुर नगरपालिका-९ की ४२ वर्षीया महिला, मकवानपुरका हेटौंटा-३ की ५४ वर्षीया महिला, सप्तरीका ३५ वर्षीय पुरुष र बाराका सिमरनगढ नगरपालिकाका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षीय पुरुष रहेका छन् ।  

Comments