Loading...
Logo
Image

काठमाडौंमा १ सहित ३२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५४८ पुग्यो

काठमाडौंमा १ जना सहित नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा, भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमा सर्लाहीको गोडैता, कविलासी नगरपालिकाका १८ देखि ३५ वर्ष उमेर समूहका १३ पुरुष, कपिलवस्तु वागंगा नगरपालिकाका १७ देखि ४२ वर्षका ८ महिला र पुरुष, रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकाका २० देखि ५५ वर्षका ८ जना पुरुष रहेका छन् । 

त्यस्तै काठमाडौंका ३५ वर्षीय पुरुष, बाराको करैमायामाई गाउँपालिकाका ३७ वर्षीया महिला र चितवनको भरतपुर महानरपालिका-६ का ५२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

Comments