Loading...
Logo
Image

कोरोना रोकथामका लागि निषेधाज्ञा जारी, सेना परिचालन गर्ने निर्णय

बाँकेको नरैनापुरमा कोरोना संक्रमण रोकथामका लागि निषेधाज्ञा जारी गरि सेना परिचालन गरिने भएको छ । 

गाउँपालिकाले शनिबार मात्र कोरोना संक्रमण फैलिन सक्ने र स्थित भयावहक हुने भन्दै थप सुरक्षाकर्मी र स्वास्थ्यकर्मी माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेलाई पत्राचार गरेको थियो ।

आज जिल्ला सुरक्षाको बैठकले नरैनापुरमा राति ८ बजे देखि निषेधाज्ञा जारी गर्ने र सेना परिचालन गर्ने निर्णय गरेको हो । 

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले नरैनापुरमा भइरहेको अवस्थालाई ध्यानमा राख्दै सेना परिचालन गर्ने निर्णय भएको जानाकारी दिए । 

‘लकडाउन पालना नभएको स्थानीय तहबाट पत्र समेत प्रशासनमा आएको थियो । समुदायस्तरमा पनि कोरोना नफैलियोस भनेर राति ८ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ,’ उनले भने, ‘हामीले सेना पनि परिचालन गर्छौ ।’

मधेसी र मुस्लिम समुदायको बाहुल्यता रहेको गाउँपालिकामा अझै पनि कोरोना बारे अन्धविश्वास रहेको र कोरोना भाइरसबारे गाउँमा भ्रम फैलाउने काम भइरहेको छ । 

अझै पनि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई अहसोग गर्ने, मनोबल कमजोर पार्ने र संक्रमित भगाउने जस्ता क्रियाकलाप भएपछि गाउँपालिकाले जिल्ला प्रशासन कार्यलयसँग थप सुरक्षाकर्मी माग गरेको थियो । सेनाले अब क्वारेन्टाइन र गाउँपालिकामा निगरानी बढाउने छ ।

गाउँपालिकाका ६ वटै वडा भारतसँग सिमाना जोडिएकाले अहिले पनि नाकाबाट प्रवेश गरिरहेका छन् । समुदाय स्तरमा सचेतनाको कमी भएकै कारण क्वारेन्टाईन समेत व्यवस्थापन हुन नसकेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले हाल १५ वटा क्वारेन्टाइनमा करिव ७ सय रहेको जनाएको छ । संक्रमणको संख्या अझै बढ्ने आंकलन पनि गरिएको छ । गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले जनताबाटै असहयोग भएकाले थप सुरक्षाकर्मीको माग गरेको बताए ।

स्रोत: Shilapatra

Comments