# Recent News
- विपिनकाे रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई विपिनका बुबाआमाकाे आग्रह
- त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ
- त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित चन्द्र घले पक्राउ
- अर्थतन्त्र सुधारका लागि नयाँ कार्यक्रमहरु अगाडि सारेको प्रधानमन्त्रीको दाबी
- एनसेलको शेयर खरिदबिक्रीबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन

राष्ट्रपति विद्यादेवी भण्डारीले इद उल फित्रले विश्वका विभिन्न स्थानमा रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र पारिस्परिक सहयोगलाई थप प्रगाढ तुल्याउन प्रेरित गर्ने बताएकी छिन् ।
इद उल फित्रको अवसरमा उनले आज शुभकामना सन्देश दिँदै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले कोभिड–१९ को महामारीले आक्रान्त पारिरहेकाले यस महामारीबाट बच्न नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी नियमको पालना गर्नु सबै नेपालीको कर्तव्य भएको पनि सन्देशमा उल्लेख गरेकी छिन् ।
सबैले संयम र धैर्यका साथ सरकारको आह्वानबमोजिम लकडाउन पालना गरी घरभित्रै रहेर सुरक्षित बनेर पर्व मनाउने पनि उनले विश्वास व्यक्त गरेकी छिन् ।
Comments