Loading...
Logo
Image

यौनकर्मीका दुःख : लकडाउनले विवाहित ग्राहक आएनन्

एक नाइजेरियाली सेक्स वर्कर भन्छिन्, ‘कोरोना भाइरसका कारण लागेको लकडाउन मेरो जीवनमा एउटा दुःख बनेर आएको छ ।’

उनी उत्तरी नाइजेरियाको मुस्लिम बहुल राज्य कानोमा बस्छिन् । त्यहाँ १ महिनादेखि लकडाउन जारी छ । कसैलाई घरबाट निस्कन अनुमति छैन । सबैले सोमबार र बिहीबार १० देखि ४ बजेसम्म खानेकुरा किन्ने अनुमति दिइन्छ । 

मुस्लिम समुदायलाई रमजानको समयमा नमाज पढ्न भेला हुनसमेत दिइएन । आयशा (परिवर्तित नाम) भन्छिन्, ‘लकडाउनका कारण मैले बाँच्नका लागि संघर्ष गर्नुपरेको छ । मैले काम गर्ने कोसिस गरे पनि लकडाउन र रमजानका कारण सम्भव भएन ।’ 

उनी भन्छिन्, ‘यहाँ लगभग सबै मुसलमान छन् । यस कारण रमजानको महिनामा सम्भव भएन । दिउँसो सबै आफ्नो परिवारसँग बस्छन् र साँझ रोजा तोड्न र इफ्तार गर्न जान्छन् । मेरा धेरैजसो ग्राहक विवाहित पुरुष हुन् । यस कारण उनीहरू परिवार छाडेर यस्तो अवस्थामा आउन सक्दैनन् ।’


इस्लामिक कानुन शरिया सन् २००० देखि लागू छ । उत्तरी नाइजेरिया र अन्य केही इलाकामा लागू छ । त्यस समेदेखि नै यौन व्यवसाय, जुवा र मदिरा खान कानोमा प्रतिबन्ध छ । 

आयशा भन्छिन्, ‘नाइजेरियामा प्रहरी धेरै सक्रिय छ । उत्तरी नाइजेरियामा यौन व्यवसायमा प्रतिबन्ध छ । कोही यौन क्रियाकलापमा संलग्न भएको अवस्थामा पक्राउ परेमा सिधै जेल पठाइन्छ । हामी शरिया कानुनमा छौँ ।’

उनले लकडाउनका समयमा आफूले सरकारबाट कुनै प्रकारको सहयोग प्राप्त नभएको उनको गुनासो छ । 

उनी भन्छिन्, ‘नाइजेरियामा यौन व्यवसायीलाई कुनै प्रकारको सहयोग दिइँदैन । हामीलाई नाइजेरिया सेक्स वर्कर्स एसोसिएसन (एनएसडब्लु) ले सहयोग गर्छ । यसमा संकटका बेला एक अर्कालाई सहयोग गर्न सकियोस् भनेर हामीले कमाएको एक हिस्सा जम्मा गरिएको हुन्छ । तर, अब एसोसिएसनसँग पनि पैसा छैन । लकडाउनका क्रममा भएको सबै पैसा बाँडिसकेको छ ।’

उनलाई सरकारले केही सहयोग गर्छ कि भन्ने आशा थियो, तर अहिलेसम्म केही पनि प्राप्त भएको छैन । उनी भन्छिन्, ‘हामीले अर्को बाटो खोज्नुपरिरहेको छ । सरकार त सेक्स वर्कर्स के गरिरहेका छन् भनेर सुन्न पनि चाँहदैन ।’

उनी भन्छिन्, ‘मसँग पैसा सकिँदै छ । मलाई सहयोग गर्ने केही ग्राहकले दिएको पैसाले काम चलाइरहेकी छु । खाना र केही पैसा उनीहरूले दिइरहेका छन् ।’

उनका साथमा एक बहिनी पनि छन् । जे प्राप्त हुन्छ, त्यो बाँडेर खानुपर्ने भएकाले उनीहरूलाई खाना पर्याप्त छैन । उनी भन्छिन्, ‘अहिलेसम्म यसरी नै चलिरहेको छ, अब के हुन्छ, भन्न सक्दिनँ ।’  

स्रोत: Shilapatra.com

Comments

KATHMANDU WEATHER