- बैंकहरुमा तरलता बढ्यो, तरलता खिच्दै राष्ट्र बैंक
- नारायणी नदी किनारका संरचना हटाउन भरतपुर महानगरको ३५ दिने सूचना
- आन्ध्र महासागरमा वेपत्ता पनडुब्बीको खोज जारी, अक्सिजनको अभावमा बेपत्ता पाँच जनालाई बचाउन कठिन
- राष्ट्रिय परीक्षा बोर्डद्वारा एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग
- पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले हाइड्रोक्सिक्लोरोक्विनलाई कोरोना भाइरसको औषधिका रुपमा परीक्षण गर्न रोक लगाएको छ ।
कोरोना संक्रमितको उपचारका लागि भन्दै मलेरियाको यो औषधिको पक्षमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ब्राजीलका राष्ट्रपति जायर बोल्सोनारोसहितका केही नेताले वकालत गर्दै आएका छन् ।
मलेरियाको औषधि हाइड्रोक्सिक्लोरोक्विनको परीक्षण सुरक्षाका हिसाबले जोखिमपूर्ण रहेको भन्दै त्यसमा रोक लगाइएको डब्लुएचओले जनाएको छ । डब्लुएचओले यो औषधिको परीक्षणमा अस्थायी रुपमा रोक लगाइएको जानकारी दिएको छ ।
प्रतिष्ठित जर्नल द लनसेटमा हालै प्रकाशित अनुसन्धान प्रतिवेदनमा हाइड्रोक्सिक्लोरोक्विन र क्लोरोक्विन औषधि दिइएका कोभिड–१९ का बिरामीको मृत्युको जोखिम बढी रहेको उल्लेख गरिएको थियो । त्यसलगत्तै डब्लुएचओले यो औषधिको परीक्षणमा तत्कालका लागि रोक लगाएको हो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले लगातार यो औषधिको वकालत गर्दै आफूले कोरोनाबाट जोगिन यो औषधि खान थालेको समेत बताएका थिए ।
कुनै पनि वैज्ञानिक प्रमाण र स्वास्थ्य विज्ञको सिफारिस बिना नै उनले हाइड्रोक्सिक्लोरोक्विनलाई कोरोना भाइरसविरुद्धको औषधिका रुपमा सुझाव दिँदै आएका छन् ।
हालसम्मका कुनै पनि अनुसन्धानले हाइड्रोक्सिक्लोरोक्विन र क्लोरोक्विन कोरोना भाइरसविरुद्ध प्रभावकारी हुने प्रमाण फेला पारेका छैनन् । स्वास्थ्य विज्ञले समेत यसको प्रयोगलाई लिएर चिन्ता प्रकट गर्दै आएका छन् ।
यो औषधिको प्रयोगले मुटुको समस्या उत्पन्न हुने र बिरामीको मृत्युको जोखिम झन बढ्ने पछिल्लो अध्ययनमा पाइएको छ ।
डब्लुएचओले कोरोना भाइरसका सम्भावित खोप तथा औषधिहरुको परीक्षणमा अगुवाई गरिरहेको छ ।
-
8 months ago
सरोगेसी के हो ? के यो नेपालमा बैधानिक छ ?
-
-
Comments