- बैंकहरुमा तरलता बढ्यो, तरलता खिच्दै राष्ट्र बैंक
- नारायणी नदी किनारका संरचना हटाउन भरतपुर महानगरको ३५ दिने सूचना
- आन्ध्र महासागरमा वेपत्ता पनडुब्बीको खोज जारी, अक्सिजनको अभावमा बेपत्ता पाँच जनालाई बचाउन कठिन
- राष्ट्रिय परीक्षा बोर्डद्वारा एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग
- पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

स्वास्थ्य तथा तथा जनसंख्या मन्त्रालयले आज एकै दिन ९० जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी, रुपन्देहीको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनामा पोजिटिभ देखिएको छ । सेती प्रयोगशालामा गरिएको परीक्षणमा २ जनामा पोजेटिभ देखिएको छ । पोखरामा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा १२ जनामा संक्रमण पुष्टि भएको छ । बाँकेमा पुनः ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा २४ जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा आज एकै दिन ९० जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका डा. प्रवक्ता विकास देवकोटाले बताए । उनले नेपालमा कुल संक्रमितको संख्या ७ सय ७२ जना पुगेको बताए । उनले कुल ४६ जिल्लामा संक्रमण फैलिएको बताए ।
-
-
6 months ago
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
-
Comments