
बाख्राको बर्कौंला मलको रूपमा प्रयोग हुन्छ, खेतबारीमा । तर यो दुनियाँमा एउटा यस्तो जातको बाख्रा छ जसको बर्कौंला निकै बहुमूल्य हुन्छ । यसबाटै किसानहरूले लाखौं कमाउँछन् ।
अफ्रिकी मुलुक मोरक्कोमा एउटा विशेष जातको बाख्रा पाइन्छ जुन रूख चढ्न सक्छ । रूख पनि अरू होइन, एउटा विशेष जातको रूख ।
बाख्राहरूले त्यो रूखको फल खान्छन् । त्यहीँ फल खाएर बाख्राले दिसा गर्ने बर्कौंला विशेष महत्त्वको हुन्छ । र, लाखौंमा बिक्री हुन्छ ।
त्यो विशेष प्रजातिको रूखलाई आर्गनको रूख भनिन्छ । आर्गनको फल बाख्राले खुब मन पराउँछ । बाख्राले आर्गनको फल त खान्छन् तर फलभित्र रहेका बियाँ पचाउन सक्दैनन् र ती नपचेका बियाँ बर्कौंलामा निस्किन्छन् । तिनै बर्कौंलाबाट बाख्रा मालिक मालामाल हुँदै आएका छन् ।
किसानले आर्गनको फल खाएका बाख्राका बर्कौंलाबाट आर्गनका बियाँ छुट्टाउँछन् । उनीहरूले ती बियाँलाई भुटेर पिँधेपछि घरेलु कोलमा पिन्छन् र तेल निकाल्छन् ।
आर्गनको तेललाई सौन्दर्य प्रशासनका उत्पादनहरू बनाउनमा प्रयोग हुन्छ । उक्त तेल प्रतिलिटर एक लाख रुपैयाँभन्दा धेरै मूल्यमा बिक्री हुन्छ ।
-
2 years ago
के हो पैसा ? हेर्नुहोस् भिडियो ।
-
2 years ago
अब सेना परिचालन गरिन्छः गृहमन्त्री
-
2 years ago
अस्पताल बन्द हुँदा कसरी घटे आर्यघाटमा शव ?
Comments