Loading...
Logo
Image

नेपालमा कोरोना संक्रमण फैलिदै, एकैदिन १२९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९ सय नाघ्यो ।

नेपालमा हिजो (बुधबार) एकैदिन १२९ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ९०१ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका ११ जनामा पोजेटिभ देखिएको छ । त्यसैगरी कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका १७ जना, हेटौंडामा भएको परीक्षणमा रौतहटका ७ र अर्को १ जना सहित ८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

परिक्षणका क्रममा बागलुङका ६ जना, रुकुम पूर्वका ३ जना र दाङका १५ जनामा कोरोनाा पोजेटिभ देखिएको छ भने बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा १६ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला कााठमाडौंमा गरिएको परीक्षणमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यसैगरि विरेन्द्रनगरको प्रयोगशालामा भएको परीक्षणबाट १५ जनामा पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

कोरोना संक्रमणको दर बढेसंगै नेपालमा कोरोनाको जोखिम झनै बढेको विज्ञहरुले बताएका छन् ।बुधबार मात्र १२९ जनामा कोरोना संक्रमण पुष्टि भयो । परिक्षणको दायरा बढाउदै जाँदा संक्रमितको संख्या पनि तिब्र गतिमा बढिरहेको छ ।

Comments