Loading...
Logo
Image

आज गणतन्त्र दिवस

आज १३ औँ गणतन्त्र दिवस मनाइँदै छ । संविधानसभाको पहिलो बैठकले १५ जेठ ०६५ मा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष १५ जेठमा विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ ।

झन्डै अढाइ सय वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई बिदाइ गर्दै नेपालमा गणतन्त्र स्थापना भएको हो । 

लामो समय जरा गाडेर बसेको राजतन्त्रलाई बिदाइ गरी गणतन्त्र स्थापना शान्तिपूर्ण रूपमा हुनुलाई विश्व समुदायले अनौठो घटनाका रूपमा लिएको छ । 

गणतन्त्र स्थापनापछि पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि दोस्रो संविधानसभाले ७० वर्ष पुरानो सपना साकार पारेको छ ।  

Comments