- बैंकहरुमा तरलता बढ्यो, तरलता खिच्दै राष्ट्र बैंक
- नारायणी नदी किनारका संरचना हटाउन भरतपुर महानगरको ३५ दिने सूचना
- आन्ध्र महासागरमा वेपत्ता पनडुब्बीको खोज जारी, अक्सिजनको अभावमा बेपत्ता पाँच जनालाई बचाउन कठिन
- राष्ट्रिय परीक्षा बोर्डद्वारा एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग
- पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल कम्पनीहरु बन्द गर्ने धम्की दिएका छन् । ट्विटरले उनको ट्वीटमा फ्याक्ट चेक चिन्ह राखेपछि आक्रोसित बनेका ट्रम्पले सामाजिक सञ्जाल बन्द गर्ने धम्की दिएका हुन् ।
उनले सामाजिक सञ्जाल नै बन्द गर्ने चेतावनी दिँदै ट्विटरले आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनमा हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् ।
ट्रम्पले आफ्नो ट्विटमा राखेको तथ्य–जाँचको चिन्हलाई सीएनएन र द वासिङ्गटन पोस्टसँग तुलना गरेका छन् ।
ट्विटरले आफ्नो ट्विटमा तथ्य–जाँच राखेपछि ट्रम्पले मंगलबार राति चेतावनी दिँदै ट्वीट गरेका हुन् । उनले लेखेका छन्, ‘‘ट्वीटरले वाक स्वतन्त्रता हनन गरेको छ, र राष्ट्रपतिका रुपमा म कुनै पनि हालतमा यस्तो हुन दिन्नँ ।’
बुधबार अर्को ट्विट गरेका छन् । जसमा लेखिएको छ, ‘रिपब्लिकनहरुलाई लागेको छ कि सामाजिक सञ्जालहरुले कन्जभेटिभ आवाजहरुलाई पूर्ण रुपमा बन्द गरेका छन् । हामीले कडा नियमन गर्ने छौँ वा त्यस्ता सामाजिक सञ्जाललाई बन्द गर्ने छौँ ।’
-
-
3 years ago
भारतका पूर्व राष्ट्रपतिको कोरोनाका कारण निधन
-
3 years ago
जापानमा तातो हावाबाट हजारौं प्रभावित
Comments