Loading...
Logo
Image

लकडाउन जेठ ३२ सम्म लम्बियो, हवाई उडान असार १६ सम्म बन्द, सेना परिचालन पनि गरिने

सरकारले लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजिक पत्रकार सम्मेलमा सरकारका प्रवक्ता डा.युवराज खतिवडाले उक्त कुराको जानकारी  दिएका हुन्  ।
हवाई उडान र सिमा नाकाको आगागमन असार १६ गतेसम्म स्थगित गर्ने  निर्णय पनि गरेको छ ।
लकडाउनको मोडालिटी भने फरक हुने र सो बारे छलफल गरेर सिफारिस गरिने निर्णय भएको जानकारी गराईएको छ । त्यसैगरि कोरोना भाइरसको संक्रमण रोकथामको लागि आवश्यकता अनुसार आवश्यक स्थानमा सेना परिचालन गर्ने निर्णय पनि गरिएको छ ।

Comments