Loading...
Logo
Image

बाँकेको राप्ती सोनारीमा बस दुर्घटना, मृतक संख्या १२ पुग्यो

बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् ।
भारतबाट मजदुरी गरेर नेपालगञ्ज हुँदै सल्यान जान लागेकाहरु दुर्घटनामा परेका हुन् ।

बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर २ मा आइतबार राती सो फोर्स गाडी दुर्घटना हुँदा घट्नास्थलमै ११ जनाको निधन भएको थियो ।
सो दुर्घटनामा परि घाइते भएका २२ जना मध्ये गम्भीर रहेका १ जनाको भेरी अस्पतालमा सोमवार विहान मृत्यु भएपछि मृतक संख्या १२ पुगेको अस्पतालले जनाएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार भारतबाट नेपाल प्रवेश गरेकाहरुलाई लिएर नेपालगञ्जबाट सल्यान जाँदै गरेको फोर्स गाडी राति करिब १२ बजेतिर दुर्घटनामा परेको हो । 

नेपालगञ्जको जमुनाहबाट दाङ, सल्यान र रुकुम समेतका नागरिक र चालक र सहचालक गरि उक्त बसमा ३३ जना सवार रहेको उनले जानकारी दिए । उनले मृतकहरुको सनाखत गर्ने कार्य भेरहेको पनि बताए ।
घाइते २१ जनाको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको र ती मध्ये तीनजनाको अवस्था गम्भीर रहेको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले जानकारी दिए ।

 

Comments