- विपिनकाे रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई विपिनका बुबाआमाकाे आग्रह
- त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ
- त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित चन्द्र घले पक्राउ
- अर्थतन्त्र सुधारका लागि नयाँ कार्यक्रमहरु अगाडि सारेको प्रधानमन्त्रीको दाबी
- एनसेलको शेयर खरिदबिक्रीबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन

२०५८ सालको जेठ महिना थियो । म भर्खर प्लस टु सकेर रिजल्टको प्रतिक्षामा घरैमै थिएं । सधैं जसो बिहान ६ बजेको पत्र पत्रीकाको समाचार रडियोमा सुन्थें । त्यतिबेला अहिले जस्तो अनलाइन समाचार त टाढैको कुरा एफ.एम र पत्रीकाको पनि पहुँच कमै थियो ।
सूचना र समाचारको लागी सरकारी मुखपत्र कै भर पर्नु पर्ने थियो । अलिकती निष्पक्ष्य समाचार सुन्न बिबिसिकै भर पर्नु पर्ने अवस्था थियो । बिहान ६ बजेको समाचार सुन्न रेडियो नेपाल लगएं तर रेडियोमा एकोहोरो धुन मात्रै बज्यो । घडी हेरें सभा ६ भैसक्यो तर धुन बाहेक केही बजेन ।रेडियो बन्द गरेर म अरुनै काममा लागे । एक घण्टा पछी फेरी रडियो खोले धुन त्यही मात्रै बजेको छ । त्यसपछी भने मलाई शंका लाग्यो र रडियोको सर्ट वेभमा बिबिसि अङ्रेजी खोलें । रेडियो खोलेको मात्र के थिएं एकोहोरो नेपालमा राजा बिरेन्द्र मारिए बाहेक केही भनेन । म एक छिन अक्क न बक्क भएं एक्कासी चर्को स्वरमा बोल्न पुगेछु ए आमा राजलाई त मारेछन !
मेरो घरमा खासै धेरै अरु बुझ्ने कोही थिएनन् त्यसपछी म रडियो लिएर गाउँतिर अली बुझ्ने भएतर्फ लागें । सबै रडियोको एकोहोरो धुन मात्रै सुनेर बसेका रहेछन । त्यतिबेला गाउँमा अली कती जाने बुझेको काठमाडौं आउने जाने गर्ने डिट्ठा बा र बीचारी बा मात्रै हुनुहुन्थ्यो । मैले एक्कासी ए बा राजालाई त मारेछन भन्दै थिएं चर्को स्वरमा जबाफ आयो हँ के भन्छ यो ? मैले रेडियो साथै लगेकोले बिबिसि अङ्रेजी सुनाएं। केही समय पछी गाउँकै एक जना अङ्रेजी कै शिक्षक पनि रडियो लिएर आउनु भयो राजा मारिएको पक्का भयो । दिनभरी अनेक अड्कलहरु भए । देशमा माओबादी द्वन्द चरम उत्कर्समा पुगेकोले शंकाको सुइ त्यता पनि तेर्सियो । पाँच सात हजार सेनाले घेरेको दरबारमा यो सम्भब नभएको भन्ने तर्क पनि आउन थाले । दिन भरी अन्न्योलता कायम रह्यो । साँझ चार पाँच बजे तिर सरकारी मुख पत्र रडियो नेपालले दरबारमा स्वचालित हतियार पड्केको समाचार सुनायो । त्यसले झन अन्यौलता बढायो । दरबारमा कस्तो स्वचालित हतियार रहेछ? संसार भर नेपालीकै समाचार छायो । अन्यौलता कायमै रह्यो ।
दरबारमा यस्तो भएको हो भन्ने अनुमान र अड्कलमात्र भयो । त्यहिबेला देखिको अन्यौलता र अड्कल आजसम्म पनि उत्तिकै छ । भोलीपल्ट हतार हतारमा राजपरिबारका सदस्यको पशुपतिमा अत्यष्टि गरियो । आज दरबार हत्याकाण्डको १९ बर्ष पुरा भएको छ तर हत्या कस्ले र किन गरेको थियो ? भनेर बुझ्ने जनताको इच्छा पुरा भएको छैन । समय बित्दै गयो देशमा गणंतन्त्र आयो । नारायणहिटी दरबार 'म्युजियम' बन्यो । अध्ययनकै सिलसिलामा यो पङ्तिकारलाई काठमाडौं जाने मौका मिल्यो । म्युजियम बनेको दरबार राजा बस्ने दरबार कस्तो रहेछ भनेर तीन पटक दरबार छिरें र गहिरो तरिकाले हत्याकान्ड बुुझ्न खोजें तर सामान्य दिमाग भएको मैले केही बुझ्न सकिन ।
घटना भएको त्रिभुवन सदन भत्काइएको छ । र्को बिल्डिङको पर्खालमा गोलीका दाग छन । ति दाग हेर्दा कुनै मेशिन गन कै दाग जस्तो देखिन्छ। त्यो बाहेक त्यहाँ कुनै दसी प्रमाण भेटिंदैन । अमिलो मन र अनगिन्ती प्रश्न लिएर दरबारबाट बाहिरिनुको कुनै बिकल्प छैन ।
भन्ने गरिन्छ दरबारमा हरेक महिनाको तेस्रो शुक्रबार पारीवारीक जमघट हुन्थ्यो । खासगरी त्यो भेटघाट युबराज दीपेन्द्रले गरेका आयोजना गरेेेेका थिए। सधैंजसो मुमा बढामहरानीलाई भेटेर बिरेन्द्र पार्टीमा सामेल भएका थिए र त्यही बेला दरबारमा गोली चल्यो । हत्याकाणड पछी तारानाथ रानाभाटको नेतृत्वमा छानबीन आयोग बन्यो र भन्यो युबराज दीपेन्द्रले नशाको सुरमा राज परिवारको हत्या गरे ! उक्त कुरालाई कसैले पनि पत्याएनन्।
नेपालको इतिहासमाा राजाहरु काटिने मारिने घटना नयाँ होइन । त्रैलोक्यलाई बिष खुवाएर मरिएको घटना कोतपर्वमा, भण्डारखाल पर्ब हाम्रै इतिहास हुन् । त्यसैले घटना कुन समय र परिस्थितीमा भयो भन्ने मुख्य बिषय हुन्छ । जस्तो कोतपर्व दरबारमा भाई भारदारबिच चरम द्वन्द भएको अवस्थामा दरबार भित्रैबाट भएको छ । त्यसैले राजा महेन्द्रले भनेको हुनुपर्छ शत्रु जहिलेपनी घर बाहिरको भन्दा घर भित्रकै खतरनाक हुन्छ । खासगरी यो पङ्तिकारको विचारमा नारायणहिटी हत्याकाण्ड तीन मुख्य कारणले भएको हुनुपर्छ । नम्बर एक नेपालका राजासँग केही बिदेशी शक्ती नराम्रोसँग चिडिएका थिए । चाहे त्यो प्रोटोकलको बिषयमा होस् वा उत्तरतिरको चाइनाको बढ्दो प्रभावलाई लियर होस् । दोस्रो दरबारभित्रकै आन्तरिक द्वन्द। राजा बिरेन्द्र र दीपेन्द्रबिच बिबाह र बढ्दो माओवादी द्वन्दको समाधान गर्ने बिषयमा गम्भिर मतभेद थियो । दरबारमा बिबाह ठुलै बिषय बन्छ । नेपालमा मात्र नभएर ब्रिटेनमा पनि राजकुमार विल्लियमको केटसँगको बिवाह महारानी एलिजाबेथ द्वितियले असन्तोष जनाएकी थिइन भने युवराज ह्यारीले त भर्खरै दरबार नै छोडे । तेस्रो हो राजा बिरेन्द्रको अथाह सम्पत्ति । राजा बिरेन्द्र र दीपेन्द्र बिच खटपट छ भन्ने कुरा दीपेन्द्रले बेला मौका केही दरबार निकटहरुसँग गरेको कुराकानीबाट प्रस्ट हुन्थ्यो । उनले बेला मौकामा बाबुको आलोचना गर्थे । बिबाहको बिषयमा पनि बाबु आमा तगारो भएपछी केही दरबारलाई र दीपेन्द्रको आनीबानीलाई राम्रोसँग बुझेका देशी बिदेशी शक्तिले दीपेन्द्रलाई उक्सायो र कन्स्पेरेसी थेउरी एक अन्तर्गत दीपेन्द्रलाई बाबुमाथि गोली हान्न लगायो । राजा हुने विश्वाश दिलायो र सम्पूर्ण योजना बनाइयो तर कन्स्पेरेसी थेउरी दुई अन्तर्गत दीपेन्द्रले फायर खोलेपछी दीपेन्द्र, बिरेन्द्र, धिरेन्द्र लगायत सबै माथी गोली बर्षाइयो । पाहिला दरबारमा फायर दीपेन्द्रले नै खोलेको हुनुपर्छ र दीपेन्द्र दोस्रो ब्यक्तीबाट मरिएको हुनुपर्छ । यस्मा केही आधारहरु छन् जस्तो एक दीपेन्द्रलाई गोली देब्रे कन्चटमा लाग्नु दोस्रो दीपेन्द्रले नशा सेवन गरेको भन्नु र रगत परिक्षण गर्दा त्यो नभेटिनु (हेर्नुस् डा. उपेन्द्र देवकोटाको अन्तर्वाता युटुबमा )। योजना अनुसारनै दीपेन्द्र दोश्रो ब्यक्तीबाट मारिएपछी रजपरिवारका कुनै पनि सदस्यको पोस्टमार्टम गरिएन । यदी यो घटनाको सत्य तथ्य बहिर ल्याउन चाहेको भए प्रशस्त प्रमाणहरु दरबारमा थिए जुन देश, दुनियाँ र दरबारकै भलाई हुन्थ्यो । राजा बिरेन्द्रले कट्लेरी ( चम्चा, काँटा ) समेत ब्रिटेनबाट ल्याएका थिए भने सिसि क्यामरा दरबारमा किन थिएन ? दोस्रो, घटना घटीसके पछी नजिकको टिचिङ हस्पिटल हुँदाहुँदै छाउनी किन लगियो ? घटना घटेको एक घण्टा भित्रै त्रिभुवन सदनमा सफा गर्न कस्ले र किन निर्देशन दियो? तत्कलिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालालाई दीपेन्द्रले रात्रीकालिन भोजमा आउन किन तारन्तार फोन गरे ? किन अरु बेला भन्दा दीपेन्द्र बढी सकृय भए हौसिए ? त्रिभुवन सदन किन भत्काइएको ? यत्रो घटना हुँदा पोस्टमार्टम किन गरिएन ? नेपालीमा राजा मरिएकै भनेर बिबिसि र सिएनएनले पहिला कसरी थाहा पायो ? यि र अनेक प्रश्न आज हरेक नेपालीको मनमनमा छन्।
यो पङ्तिकारले नारायणहिटी दरबारमामात्र होइन ब्रिटेनको बकिङ्हम प्यालेस अगाडि पनि उभिएर यि प्रश्न को उत्तर खोज्यो जुन अनुत्तरित छन् र अनुत्तरित नै रहने छन् ।
राजनीतिको रोटी सेक्न जस्ले जस्लाई दोष लगाएपनि वास्तवमा नेपालको राजतन्त्र माथि केही देशी बिदेेेशी दुस्मनको नजर परेको हो । नेपालको इतिहासमा हरेक दस पन्ध्र बर्षमा ठुलो घटना घटेको हुन्छ । यहांनेर बुढी मरी भन्दा पनि काल पल्कियो भन्ने चिन्ता हो ।
(दरवार हत्याकाण्ड सम्बधि यो लेख लेखकका निजी विचार हुन् ।)
Comments