
देवबहादुर कुँवर
अदुवा र मरिच हालेको कालोचिया, गुर्जो तथा नियमित तातोपानी पिएरै कोरोना (कोभिड १९) जितेको कुरा कतिपयलाई पत्यार नलाग्न सक्छ, तर, नेपाल प्रहरीका दुई कर्मचारी भने औंषधिका नाममा यिनै घरेलु उपचारबाट निको भएर फर्किएका छन् ।
‘‘खानपान र व्यायामले नै कोरोना जितियो,’’ अस्पतालबाट बाहिर आएका एक सुरक्षाकर्मीले खुसी हुुँदै सुुनाए ।
महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) र जवान गरी दुईजनामा ११ दिनअघि कोरोना संक्रमण देखिएपछि उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरी वलको कोभिड–१९ अस्पतालमा भर्ना गरिएको थियो । उनीहरूले खानपान र व्यायामबाटै कोरोनासँग युुद्ध जितेका हुन्।
अस्पताल बसाईको १० दिनपछि उनीहरू घर फर्किएका छन् । उनीहरुले तातोपानी, कालो चिया सेवन र शारीरिक ब्यायाम गरेर कोरोनालाई जितेको अनुुभव सुनाए ।
‘‘रिपोर्ट पोजेटिभ आएको दिन तनाव भयो, अस्पतालमा भर्ना भइसक्दा पनि निद्रा नै परेन, आफैले आफैलाई ढाडस दिदै साता दिनमै कोरोना जित्नु पर्छ भन्ने उच्चमनोवलका साथ बस्दा पहिलो रिपोर्ट नेगेटिभ आएपछि आशा पलायो’’, नायव निरीक्षकको भनाइ छ ।
सशस्त्र प्रहरी अस्पतालका चिकित्सक प्रहरी उपरीक्षक प्रवीन नेपालले प्रायः विरामीमा लक्षण नदेखिने भएकाले अरू औंषधि चलाउनुु पर्ने अवस्था नआएको बताउनुभयो । अस्पतालमा भर्ना भएका १६ जना मध्ये चारजना सुरक्षाकर्मी र एक सर्वसाधारण निको भएर फर्किसकेका छन् ।
उनीहरूले सरसफाईका अतिरिक्त नियमित तातोपानी, सादा खाना, नियमित ब्यायम, मरिच, टिमुर, अदुवा हालेको चिया र गुर्जो खाएर रोगलाई जितेको बताएका छन् ।
सरसफाईका अतिरिक्त नियमित ब्यायम, शुद्ध खाना, घरेलु जडिबुटी खान प्रोत्साहन गर्ने गरेको पाइएको छ । नियमित औषधि सेवन गरिरहेकाहरूलाई सोही औषधि र लक्षण देखिएकाहरूलाई लक्षणको प्रकृति अनुसार, औषधि सञ्चालन गर्ने गरेको जानकारी चिकित्सकले दिएका छन् ।
-
2 months ago
सरोगेसी के हो ? के यो नेपालमा बैधानिक छ ?
-
-
Comments