
सरकारले लकडाउनको मोडालिटीमा केही परिवर्तन गरी पसलहरु खुला गर्ने तथा निजी सवारी साधनलाई जोर विजोरका आधारमा चलाउन दिने भएको छ । सुरक्षा मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न दिने गरी उक्त निर्णय गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार सम्पन्न मन्त्रिपरिषद्को बैठकले सबै प्रकारका पसल सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
साथै, बैठकले बिहीबारदेखि निजी सवारीसाधन जोरबिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको गरेको हो।
Featured News
Comments