- बैंकहरुमा तरलता बढ्यो, तरलता खिच्दै राष्ट्र बैंक
- नारायणी नदी किनारका संरचना हटाउन भरतपुर महानगरको ३५ दिने सूचना
- आन्ध्र महासागरमा वेपत्ता पनडुब्बीको खोज जारी, अक्सिजनको अभावमा बेपत्ता पाँच जनालाई बचाउन कठिन
- राष्ट्रिय परीक्षा बोर्डद्वारा एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग
- पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

नेपालमा सोमबार ४५१ जना नयाँ कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार ३५ महिला ४१६ जना पुरुष गरी ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
सोमबार थपिएका मध्ये ५ जना काठमाडौं उपत्यकाका रहेका छन् । काठमाडौं र ललितपुरमा गरी थप ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । मन्त्रालयको कोरोनासम्बन्धी नियमित प्रेस ब्रिफ्रिङका क्रममा पछिल्लो २४ घण्टामा काठमाडौंका ४ र ललितपुरका १ जनालाई कोरोना पोजेटिभ पुष्टि भएको जानकारी दिएका हुन् ।
उनका अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा ललितपुरको १ जना महिला र काठमाडौंका २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ जना पुरुषमा संक्रमण देखिएको हो । त्यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका थप १ जना पुरुषमा कोरोना संक्रमण देखिएको उनले बताए । योसँगै काठमाडौंमा संक्रमित हुनेको संख्या ३४ पुगेको छ भने ललितपुरमा ४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्ममा नेपालमा कोरोना संक्रमिको संख्या ६ हजार २११ पुगेको छ । जसमध्ये ४७१ जना महिला रहेका छन् भने ५ हजार ७४० जना पुरुष रहेका छन् । नेपालमा ७३ जिल्लामा कोरोना संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
-
-
6 months ago
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
-
Comments