- विपिनकाे रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई विपिनका बुबाआमाकाे आग्रह
- त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ
- त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित चन्द्र घले पक्राउ
- अर्थतन्त्र सुधारका लागि नयाँ कार्यक्रमहरु अगाडि सारेको प्रधानमन्त्रीको दाबी
- एनसेलको शेयर खरिदबिक्रीबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन

लद्दाखको गलवानमा भारत र चीनका सैनिकबीच झडप भएको छ । झडपमा भारतीय एक सैनिक अधिकारीसहित ३ जनाको ज्यान गएको भारतीय सरकारको भनाइलाई उद्धृत गर्दै बीबीसी हिन्दीले लेखेको छ ।
भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा सङ्घर्ष भएको भारत सरकारले पुष्टि गरेको हो । भारत सरकारका अनुसार भारतीय सैनिकहरू सीमाबाट पछि हट्दा उक्त घटना भएको हो ।
बीबीसी हिन्दीका अनुसार भारतीय सेनाले भारत-चीन सीमामा सोमबार राति भिडन्त हुँदा एक वरिष्ठ सैन्य अधिकारीसहित ३ सैनिकको मृत्यु भएको पुष्टि गरेको छ ।
भारतीय सैनिक मुख्यालयले जारी गरेको वक्तव्यमा चिनियाँ पक्षतर्फ पनि केही क्षति पुगेको उल्लेख छ । यद्यपि चीनतर्फ कति सैनिकको मृत्यु र घाइते भए भन्ने बारेमा स्पष्ट जानकारी आइसकेको छैन ।
सैनिक मुख्यालयका अनुसार दुवै देशका वरिष्ठ सैनिक अधिकारी अहिले उक्त घटनालाई सुल्झाउनका लागि घटनास्थलमै बैठक बसिरहेका छन् । केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले विवाद बढेको भारतीय पक्षको भनाइ छ । गलवान उपत्यकामा भारत-चीनको लद्दाख सीमा रेखाको क्षेत्र हो ।
-
-
3 years ago
भारतका पूर्व राष्ट्रपतिको कोरोनाका कारण निधन
-
3 years ago
जापानमा तातो हावाबाट हजारौं प्रभावित
Comments