Loading...
Logo
Image

राष्ट्रपतिद्वारा संविधान संशोधन बिधेयक प्रमाणिकरण

नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ राष्ट्रिपतिबाट प्रमाणीकरण भएको छ । दुवै सदनबाट पारित भएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि बिहीबार विधेयक पेस गरिएको थियो ।

राष्ट्रपति भण्डारीले दुवै सदनबाट पारित भएर आएको विधेयक नेपालको संविधानको धारा २७४ को उपधारा (१०) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिए ।

भारतद्वारा अतिक्रमित भूभाग कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत समेटिएको नक्सालाई संविधानको अनुसूची-३ मा रहेको  निसान छापमा समावेश गर्न संविधान संशोधन गरिएको हो । संविधान संशोधन विधेयक दुवै सदनबाट सर्वसम्मतले पारित भएको थियो ।

Comments