Loading...
Logo
Image

राति १० बजेदेखि बिहान ५ बजेसम्म हिंडडुल गर्न नपाइने, जमघटमा पनि संख्या तोकियो

सरकारले रातको समयमा हिँडडुल गर्न रोक लगाएको छ । कोरोना भाइरस नियन्त्रणका लागि लगाएको लकडाउन खुकुलाे भएसँगै संक्रमणको जोखिम बढ्न थालेसंगै रातको समयमा हिँडडुल गर्न सरकारले रोक लगाएको हो । यसैगरी १५ जनाभन्दा बढीको जमघट गर्न पनि सरकारले रोक लगाएको छ ।

गृह मन्त्रालयले शुक्रबार जारी गरेको ‘बन्दाबन्दीलाई व्यवस्थित गर्नेसम्बन्धी सुरक्षा मापदण्ड २०७७’ अनुसार अत्यावश्यक कामबाहेक राति १० देखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाइएको हो । त्यसैगरी विवाह, व्रतबन्ध, मृत्यु संस्कारजस्ता धार्मिक तथा सांस्कृतिक कार्यमा १५ जनाभन्दा बढीलाई भेलामा पनि रोक लगाइएको छ । कार्यस्थलमा रहँदा वा हिँडडुल गर्दा न्यूनतम २ मिटरको सामाजिक दूरी कायम गर्नसमेत मन्त्रालयले आग्रह गरेको छ ।

'अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्तिलाई राति १० देखि बिहान ५ बजे हिँडडुल गर्न पूर्णतः निषेध गर्न,' गृहको सुरक्षासम्बन्धी मापदण्डमा भनिएको छ । ११ चैत २०७६ देखि सुरु भएको लकडाउन १ असारदेखि केही खुकुलो भएपछि हिँडडुल गर्नेको संख्या बढेसँगै गृह मन्त्रालयले कडाइ गर्ने निर्णय गरेको छ ।

Comments