Loading...
Logo
Image

डडेल्धुरामा कोरोना संक्रमण बढ्यो, संक्रमित बढेपछि जिल्ला सिल गरियो

डडेल्धुरामा दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । संक्रमितको संख्या बढेसंगै पुरै जिल्लालाई सिल गरिएको छ ।

अर्को निर्णय नभएसम्मको लागि आजदेखि लागू हुने गरी जिल्लालाई सिल गरिएको हो । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार व्यवसाय सबै बन्द गरिएको छ । अत्यावश्यक सेवाका कार्यालय बाहेक सबै कार्यालय बन्द गरिने भएको छ ।

बिहीबार एकै दिन ८६ जना नयाँ संक्रमित थपिएका थिए ।  जिल्लामा शुक्रबारसम्म १ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 
 

Comments

KATHMANDU WEATHER