# Recent News

मकवानपुरको भीमफेदी इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर राम बालक राय घूस रकमसहित पक्राउ परेका छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले रायलाई ठेकेदारसँग १२ हजार घुस लिएको अवस्थामा पक्राउ गरेको हो ।
प्रदेश प्रहरी कार्यालयले घूस रकमसहित पक्राउ परेका रायलाई निलम्बन गरेको छ । उनलाई पक्राउ गर्न प्रदेश प्रहरी कार्यालयले विशेष टोली पठाएको थियो । रायलाई प्रदेश प्रहरी कार्यालयमा नियन्त्रणमा राखिएको छ ।
प्रहरी निरीक्षक रायलाई घुस लिँदै गरेको अवस्थामा प्रदेश प्रहरीको टोलीले पक्राउ गरेको प्रदेश प्रहरी प्रमुख बषन्त लामाले जानकारी दिए।
रायविरुद्ध दैनिक जसो घूस लिने गरेको उजुरी प्रदेश प्रहरी कार्यालयमा परेकोले उनीमाथि निगरानी गरिएको थियो । उनलाई ठेकेदार दुर्गा लामासँग घूस लिँदै गर्दा प्रहरीले पक्राउ गरेको जनाइएको छ।
Featured News
-
3 months ago
पशुपतिनाथको मन्दिर माघ २८ गतेदेखि खुल्ला गरिने
-
3 months ago
आजदेखि मतदाता नामावली संकलन कार्य स्थगित
-
Comments