- बैंकहरुमा तरलता बढ्यो, तरलता खिच्दै राष्ट्र बैंक
- नारायणी नदी किनारका संरचना हटाउन भरतपुर महानगरको ३५ दिने सूचना
- आन्ध्र महासागरमा वेपत्ता पनडुब्बीको खोज जारी, अक्सिजनको अभावमा बेपत्ता पाँच जनालाई बचाउन कठिन
- राष्ट्रिय परीक्षा बोर्डद्वारा एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग
- पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

दाङ्ग, रोल्पा, प्युठान र बाँकेमा शनिवार विहानैदेखि लगातार भैरहेको वर्षाले राप्ती नदीमा पानीको सतहले ‘खतराको बिन्दु’ पार गरेर धेरै माथि बगिरहेको छ । राप्ती नदीमा पानीको सतह ५.४० मिटर भन्दा बढी पुगेपछि खतराको निशान पार गरेको मानिन्छ ।
शनिवार बेलुका ६.४५ बजे नदीको सतहले ५.७४ मिटर पार गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुमवांगले जानकारी दिए ।
उनले साँझ पौने सात बजेतिर नदीको सतहले ५.७४ मिटर पार गरेकोले बाढीको ठूलो खतरा देखिएको जनाए । पानीको सतह ६ मिटर पुगेपछि राप्तीमा बाढी आउने र सो बाढीले बाँकेका धेरै ठाउँमा क्षति पुर्याउने छ ।
प्रमुख जिल्ला अधिकारी कुरुमवांगले कुसुममा रहेको सो बाढी मापन केन्द्रबाट बाढी सहितको नदी होलियासम्म पुग्न करिब ४ देखि ५ घण्टा लाग्ने भएकोले तत्काल खतराको साइरन बजाईएको बताए ।
साइरन बज्ने वित्तिकै नदी पस्ने संभावित क्षेत्रका बासिन्दाहरु सुरक्षित स्थानमा जान थालेको उनले बताए । उनका अनुसार विभिन्न एफएम रेडियो र अन्य माध्यमबाट संभावित खतरामा रहेकाहरुलाई अग्लो ठाउँमा जान सूचना तथा जानकारी दिने काम गरिएको छ ।
जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना अधिकृत गौरी बुढाथोकीले नदीको सतहले खतराको विन्दु पार गरिसकेकाले बाढी पस्ने संभावित क्षेत्रहरुमा साइरन बजाइएको जानकारी दिए । उनका अनुसार राप्तीसोनारी गाउँपालिकाका १ देखि ७ सम्मका वडाहरु, डुडवाका १ देखि ३ र नरैनापुरका ५ र ६ नम्बर वडा अत्याधिक जोखिममा रहेका छन् ।
नदी मापन केन्द्र रहेको कुसुमबाट होलियासम्म पानी आउन करिब ४ देखि ५ घण्टा लाग्ने बुढाथोकीले बताए ।
राप्ती नदीमा पानीको सतह ५.४० मिटर पुग्दा फत्तेपुर, होलिया, बेतहनी, कम्दी, गंगापुर, नरैनापुरमा डुवान हुने गर्दछ । अहिले नदीको सतहले ५.७४ मिटर पार गरिसकेकोले ती क्षेत्रमा डुबान हुने निश्चित भएको छ ।
भारतले राप्ती नदीमा बनाएको लक्ष्मणपुर बाँधका ढोकाहरु समयमा खोलिदिँदा डुवानको जोखिम कम हुन्छ । तर, बाँधको ढोकाहरु खोल्दा आफ्नो देशमा डुवान हुने भएकाले भारतले ढोका खोल्दैन । जसले गर्दा बाँकेमा डुबान हुँदै आएको छ ।
जिल्ला आपतकालीन कक्षले उद्धार सामाग्रीसहित उद्धार टोलीलाई राप्तीसोनारी, डुडुवा र नरैनापुरमा सतर्क अवस्थामा राखेको जानकारी दिएको छ ।
नदी वरिपरिका गाउँमा पानी पस्ने अवस्था आउने बित्तिकै उद्धार टोली गाउँमा पुगिसक्ने गरी तयारी अवस्थामा रहेको अधिकारीहरुले बताएका छन् ।
राप्ती नदीले खतराको संकेत पार गरेर माथि बग्न थालेको जानकारी साइरन मार्फत आउने वित्तिकै संभावित सबै क्षेत्रमा अलर्ट जारी गरेर सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बताए ।
-
-
10 months ago
एमालेका सचिव लेखराज भट्टलाई ज्यान मार्ने धम्की
-
Comments