Loading...
Logo
Image

पाल्पामा पहिरोले गाडी बगाउँदा मृत्यु हुनेको संख्या तीन पुग्यो

पाल्पाको तानसेन नगरपालिका–११ सम्मोबारीमा बुटवलबाट रिडितर्फ जाँदै गरेका दुई वटा गाडी पहिरोले बगाउँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेका एउटा मिनी ट्रक र पानी बोक्ने ट्यांकर पहिरोले बगाउँदा तीन जना पुरुषको मृत्यु भएको हो । घटनास्थलमा २ र १ जनाको पाल्पा मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिए ।

पहिरोले अगाडिको सडक अवरुद्ध भएकाले रोकिएर रहेका मिनी ट्रक र ट्यांकरलाई पुनः खसेको पहिरोले बगाएको हो । पहिरोमा ४ वटा सवारीसाधन पुरिएपछि प्रहरी, स्थानीयवासी, नेपाली सेना उद्धारमा खटिएका छन् ।

पहिरोमा लु १ क १९२८ ट्याङ्कर, लु २ ख १३७६ मिनि ट्रक, लु १ च ७०११ अल्टो कार (ट्याक्सी) लु २ त ७०४३ पिक अप जिप पुरिएका हुन् ।


ठूलो पहिरो भएका कारण अहिले पनि सुरक्षाकर्मी र स्थानियको सहयोगमा थप मानविय क्षति भएनभएको बारे खोजी भइरहेको पाण्डेले बताए ।

आइतबारदेखि परेको अविरल बर्षाका कारण तानेसेन-भैरवस्थान सडकखण्डको बीचमा रहेको सम्मोबारीमा पहिरो खसेको थियो । 

Comments