
जनकपुरधाम उपमहानगरपालिकाको एक छलफल बैठकमै धक्कामुक्की भएको छ । योजना तर्जुमा समितिको छलफल बैठकमा सोमबार मेयर र केही वडाध्यक्ष पक्षबीच धक्कामुक्की भएको हो ।
छलफलको लागि दिउँसो १ बजे नै बैठक बोलाइए पनि बैठकमा मेयर लालकिशोर शाह २ घण्टा ढिलो आएर एक्कासी माइन्यूटमा हस्ताक्षर गर्न दबाब दिएपछि दुबै पक्षबीच धक्कामुक्की भएको वडाध्यक्षले बताएका छन् ।
‘हामीलाई पूर्वजानकारी नै नदिएर एकाएक दिउँसो १ बजेको लागि योजना तर्जुमा समितिको छलफल बैठक बोलाइयो । जबकी कम्तिमा २४ घण्टा पहिले जानकारी गराउनु पर्ने हो,’ । वडा नं. ३ का अध्यक्ष दिपेन्द्र शाहले भने, ‘तर, पनि हामी वडाध्यक्ष १ बजे नै आएर बसिरहेका थियौँ । मेयर ज्यू ३ बजे आएर एक्कासी माइन्यूटमा हस्ताक्षर गर्न भनेपछि विवाद भयो ।’ मेयर र वडाध्यक्षबीचको धक्कामुक्कीले केही कुर्सी भाचिएका छन् ।
आफ्नो मनमर्जी योजना तर्जुुमा पास गर्न नियोजितरूपमा वडाध्यक्षमाथि हातपातको प्रयास भएको उनले आरोप लगाए । मेयर र वडाध्यक्षबीचको धक्कामुक्कीले केही कुर्सी भाचिएका छन् ।
मुक्कामुक्कीमा वडा नं. १० का वडाध्यक्ष मिथिलेश कर्ण लडेका थिए भने केहीलाई समान्य चोटपटक लागेको बताइएको छ ।
बैठकमा मेयर लालकिशोर शाह, उपमेयर रीता झासहित २५ वटै वडाका वडाध्यक्ष सहभागी थिए । बैठक अघिदेखि नै मेयर शाहले नेपाल प्रहरी र नगरप्रहरी तैनाथ राखेकोले कुनै अप्रिय घटना भने हुन पाएन ।
मेयर शाहको कार्यशैलीको वडाध्यक्षहरूले केही दिनदेखि चर्को आलोचना गर्दै आएका छन् ।
-
3 months ago
एमालेका सचिव लेखराज भट्टलाई ज्यान मार्ने धम्की
-
-
Comments