- बैंकहरुमा तरलता बढ्यो, तरलता खिच्दै राष्ट्र बैंक
- नारायणी नदी किनारका संरचना हटाउन भरतपुर महानगरको ३५ दिने सूचना
- आन्ध्र महासागरमा वेपत्ता पनडुब्बीको खोज जारी, अक्सिजनको अभावमा बेपत्ता पाँच जनालाई बचाउन कठिन
- राष्ट्रिय परीक्षा बोर्डद्वारा एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग
- पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको आन्तरिक मूल्याङ्कन गर्ने आधारको टुंगो लगाएको छ । कक्षा १० को एसईईको विद्यार्थी मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ को तयारी गरिएसँगै विद्यार्थीको मूल्याङ्कन गर्ने आधार निधो भएको हो ।
योसँगै अव विद्यालयले आफूले सञ्चालन गरेको पहिलो त्रैमासिक परीक्षाको नतिजाका आधारमा १० प्रतिशत, दोस्रो त्रैमासिक परीक्षाका आधारमा ३० प्रतिशत र अन्तिम परीक्षाको ६० प्रतिशत अंक जोडेर विद्यार्थीको ग्रेड निर्धारण गर्ने कार्यविधि तय गरिएको छ । यसलाई आधार मानी विद्यालयले विद्यार्थीको अन्तिम नतिजा तयार पार्ने भएको हो ।
यसका साथै मूल्याकन समिति गठन गर्ने प्रावधान कार्यविधिले तय गरेको छ । समितिमा सम्वन्धित विद्यालयको प्रधानअध्यापक अध्यक्ष तथा सम्वन्धीत कक्षा शिक्षक र विद्यालयको माध्यमिक तहको ज्येष्ठ शिक्षक सदस्य रहने प्रावधान तय गरिएको छ । समितिले अन्तिम मूल्याकनको प्रमाणित गर्ने काम पनि गर्नेछ ।
विद्यालयले विद्यार्थीको मूल्याङ्कन गरेपछि जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइमार्फत राष्ट्रिय परीक्षा बोर्डमा पठाउने जिम्मेवारी दिइएको छ । बोर्डले विद्यार्थीको अन्तिम नतिजाको प्रकाशन गर्नेछ । नतिजा प्रकाशित नगरेसम्म विद्यालयले गरेको विद्यार्थीको मूल्याङ्गन गोप्य राख्नुपर्ने कार्यविधि बनाइएको छ । यसपटक नतिजा प्रकाशन पश्चात पुनर्योग गराउने, उत्तरपुस्तिका हेर्ने, पुन परीक्षण गराउने तथा पुरक ग्रेडबृद्धि परीक्षा भने नहुने कार्यविधि तय गरेको जानकारी अधिकारीहरुले दिएका छन् ।
यसअघि सरकारले २०७६ सालको माध्यमिक शिक्षा (एसईई) परीक्षा पुरानो परिपाटीबाट नलिने निर्णय गर्दै विद्यालयले गरेको आन्तरिक मूल्याङ्गनलाई मान्यता दिने निर्णय गरेको थियो । तर कार्यविधि निर्माण नहुँदा यसको प्रक्रिया अघि बढ्न सकेको थिएन । तर अव भने विद्यालयहरुलाई विद्यार्थीको मूल्याङ्कन गर्ने बाटो खुलेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डले कार्यविधि बनाउने जिम्मेवारी दिएको थियो ।
-
-
10 months ago
एमालेका सचिव लेखराज भट्टलाई ज्यान मार्ने धम्की
-
Comments