
नेपालका विभिन्न २४ जिल्लामा सलह भेटिएको छ । मंगलबार बिहान १२ बजेसम्म २४ जिल्लामा सलह रहेको प्लान्ट क्वरिन्टिन तथा विषदी व्यवस्थापन केन्द्र अन्तर्गतको सलस सूचना केन्द्रले जनाएको छ ।
सलहले मकै, धान, केरा खेतीमा क्षति पुर्याएको जनाइएको छ । नेपालमा रुपन्देहीको भैरहवा, बारा, पर्सा तथा सर्लाही,मकवानपुर र कपिलवस्तुबाट भित्रिएको ठूलो भुण्डको सलह नै तितरबितर भएर उडिरहेको केन्द्रले जनाएको छ । बारा, पार्सा, रौतहट र सर्लाहीमा देखिएको सलहको झुण्ड त्यहाँबाट उत्तरतर्फको पहाडी क्षेत्रमा पुगेको जनाइएको छ ।
महोत्तरीको बर्दीबास र मकवानपुरगढीमा रहेको सलहको झुण्डको संख्या यकिन नभएको र तिनीहरु जंगल तथा सिन्धुलीतर्फ गएको छ ।
यस्तै मकवानपुरको बकैया र चितवनमा कालिका, शक्तिखोर र रत्ननगरमा एक लाखको संख्यामा सलह देखिएको छ र यो सलह उडेको छैन ।
यस्तै सिन्धुलीको भिमानमा दुईदेखि तीन लाखको संख्यामा सलह भेटिएको छ ।
यस्तै रामेछाप, काभ्रे र काठमाडौं उपत्यामा सानो संख्यामा सलह पुगेको छ । रुपन्देही, वुटवल कपिलवस्तु, पाल्पा, स्याङ्जा, गुल्मी, दाङ, प्युठान, कास्की, प्युठान, रोल्पा,पाँचथर, उदयपुर, र खोटाङ, कैलालीमा सानो संख्यामा सलह भेटिएको छ ।
के हो सलह ?
सलह एक फट्याङ्ग्रा प्रजातिको किरा हो । यसको सिङ छोटो हुन्छ । यसको पछाडिका खुट्टा दह्रा र मो हुन्छन्भने यो किरा समूहमा बस्न मन पराउँछ। यसले जमिनको तल बालुवामा ६० देखि ८० वटाको समूहमा अण्डा पार्दछ र यसले जीवनभरमा तीन पटकसम्म अण्डापार्न सक्छ।
१० देखि ६५ दिनमा अण्डाबाट बच्चाको स्वरुप लिन्छ । यी बच्चाहरू १ देखि ३ महिनामा पूर्ण वयस्क बन्दछन् । यि वयस्क किराको आयु ४ देखि ५ महिनासम्म हुँन्छ। वयस्क किरा लामो समयसम्म हावामा उड्न सक्दछ र पाँच हजार किलोमिटरको यात्रा केवल १० दिनमा नै गर्न सक्छ ।
यो सलह किराले न्यानो हावापानी मन पराउँछ । बालुवा भएको जमिनमा यसले बढी अण्डा पार्न रुचाउँछ । तर यसका लागि हुरी र आँधी प्रतिकुल मैसम हो । सलहको उत्पत्तिको प्रमुख स्रोत अफ्रिका महादेशमा भए पनि यिनीहरुको संख्या बढोत्तरीसँगै खानाको खोजीमा टाढासम्म पुग्नेगर्छन। यो किरा एक दिनमा ५०० किलोमिटर टाढासम्म उडेर जान सक्छ ।
संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनको तथ्याङ्क अनुसार एउटा किराले प्रतिदिन दुई ग्रा खान सक्छ ।
एक किलोमिटरको हुलमा हुने सलह करीब चारदेखिठकरोडआ संख्यामा हुन्छन्। यि किराले ३५ हजार जनालाई पुग्ने खाना एक दिनमै नष्ट गर्न सक्छ । यो अफ्रिका महादेशको रैथाने फट्याङग्रा जातको किरा हो । यसले अत्यधिक तापक्रम र मरुभूमि भएका ठाउँमा आफ्नो जीवनचक्र सञ्चालन गर्दछ ।
दक्षिण अफ्रिकाबाट इरान, साउदी अरब, पाकिस्तान, अफगानस्तान र भारत हुँदै नेपाल आइपुगेको छ ।
यदि हामीले ईतिहाँस हेर्ने हो भने नेपालमा ६० वर्षअघि धादिङ, काठमाडौं लगायत जिल्लामा सलहको प्रकोप देखिएको थियो ।
जीववैज्ञानिकहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले लेखे अनुसार, सलहका कारण खाद्यसंकट उत्पन्न हुन सक्छ ।
कृषि विज्ञका अनुसार एउटा हाँसले प्रतिदिन २०० भन्दा बढी सलह खान्छ र हाँस कीटनाशकभन्दा बढी प्रभावकारी हुन सक्छ । एउटा कुखुराले प्रतिदिन करिब ७० वटा सलह खान सक्छ तर त्यसको तुलनामा हाँसले तीन गुणाभन्दा बढी सलह खानसक्छ । त्यसैले पनि कुखुराको तुलनामा हाँस बढी प्रभाबकारी हुँनसक्छ तर केही अनुसन्धानकर्ताले भने सलह नियन्त्रणका लागि हाँसको प्रयोगको प्रवाभकारिता माथि प्रश्न उठाएका छन्। किनकी हाँसहरू पानीमा निर्भर हुन्छन्।
सलह किराको प्रकोप विगतका वर्षहरूमा भारतमा असार महिनादेखि असोजसम्म देखिने गरेकोमा हाल वैशाख–जेठबाट नै प्रकोपको रूपमा देखिएको हुनाले यसले आफ्नो आनुवांशिक बदलेकोर यसकोगुण वृत्ति विकासका लागि उपयुक्त हावापानी पाउन थालेको अनुमान गरिएको छ ।
मनसुन सुरु भएको दुईदेखि तीन हप्तासम्म यसको प्रजनन क्षमता बढी हुनेगर्दछ । विज्ञहरू यसरी सलह बढ्नुमा हाल भएको जलवायु परिवर्तनलाई महत्वपूर्ण कारण ठान्दछन् । यही जलवायुमा भएको परिवर्तनले यिनीहरूको संख्या आठ हजार गुणासम्म बढेको बताइएको छ । विगतमा पनि यसरी सलहको बढोत्तरी हुने गरेको पाइएको छ । वातावरणमा भएको सुख्खापनले यिनीहरूको जनसंख्या ह्वात्तै बढेको र यसको प्रकोप लामो समयसम्म रहने देखिन्छ ।
-
6 months ago
एमालेका सचिव लेखराज भट्टलाई ज्यान मार्ने धम्की
-
-
Comments