
प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ। उपचारका क्रममा आज बिहान ९ बजे शहिद गंगालाल ह्दयरोग केन्द्रमा उनको निधन भएको हो ।
मुटुको ३ वटा भल्ब ब्लक भएपछि छन्त्यालकाे मुटुको शल्यक्रिया गरिएको थियो । नेपाली कांग्रेसका तर्फबाट समानुपातिक कोटाबाट सांसद बनेकी थिइन् । छन्त्याल २०७० को संविधानसभा निर्वाचनमा बाग्लुङबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् ।
सांसद छन्त्यालको निधन भएपछि कांग्रेस केन्द्रीय समितिको बैठक र संसदीय दलको बैठकसमेत स्थगित गर्ने तयारी भइरहेको छ ।
Featured News
-
3 months ago
एमालेका सचिव लेखराज भट्टलाई ज्यान मार्ने धम्की
-
-
Comments