
लकडाउन पछि खुलेको शेयरबजार बुधबार पनि सकारात्मक सर्किट लाग्दै १५ मिनेटका लागि बन्द भएको छ । सेयरबजार परिसूचक नेप्से खुलेको १३ मिनेटमा नै ५० अंकले बढेर १३१०.९३ अंकमा पुगेर सर्किट लागेको हो ।
सर्किट लाग्दासम्म ९६ कम्पनीको ६ लाख २० हजार ३ सय ४७ कित्ता शेयर १४ करोड ३९ लाख २० हजार ५ सय ७५ रुपैयामा खरिदविक्री भएको छ ।
शेयर खुलेको पहिलो दिन नकारात्मक सर्किट लागेपनि दोस्रो र तेस्रो दिन भने सकारात्मक सर्किट लाग्दै कारोबार बन्द भएको हो । मंगलबार नेप्से ६ अंकले उकालो लागेर कारोबार बन्द भएको थियो ।
Featured News
-
1 year ago
होटल याक एण्ड यति बन्द गर्ने सरकारको निर्णय
-
-
Comments