Loading...
Logo
Image

सामसुङले स्मार्टफोनको मुल्य घटायो

सामसुङले आफ्नो चार वटा मोडलहरुको स्मार्टफोनको मूल्य घटाएको छ ।  

जसअनुसार पहिले रु. ६७,५९९ रहेको सामसुङ ग्यालेक्सी नोट १० लाइनमा रु.८,६०० छुट दिएर रु. ५८,९९९ मा उपलब्ध गराएको छ। ग्यालेक्सी नोट १० लाइट मा ट्रिपल क्यामेरा, 6.7" SAMOLED डिस्प्ले, एयर एक्सन रहेको एस–पेन, सुपर फास्ट चार्जिङ भएको ४,५००mAh ब्याट्री र १ टीबीसम्म एक्स्पान्डेबल सुविधा सहित १२८ जीबी स्टोरेजरहेको छ ।

त्यसैगरि कम्पनीले ग्यालेक्सी ए ७१ र ए ५१ को पनि मूल्य घटाएको छ । अब ए ७१ को मूल्य रु. ४९,९९९ कायम गरिएको छ । यसमा उत्कृष्ट 16.95cm (6.7") Infinity-O sAMOLED+ डिस्प्ले सहित  ६४ मेगापिक्सेेलको क्यामेरा रहेको छ ।

ग्यालेक्सी ए५१ को नयाँ मूल्य रु. ३९,९९९ कायम गरिएको छ । ग्यालेक्सी ए५१ मा रहेको 16.40cm (6.5") Infinity-O sAMOLED डिस्प्ले रहेको छ ।

ग्यालेक्सी ट्याव ए१०.१ मा कम्पनीले रु. २,००० क्यासब्याक अफर ल्याएको छ । यस अफरमा यसको मूल्य अब रु. ३२,२९९ कायम भएको छ । यसमा रहेको 25.54cm (10.1") FHD डिस्प्ले र किड्स मोडका कारण यो बालबालिकाहरुको लागि उपयुक्त रहेको छ ।

Comments