- बैंकहरुमा तरलता बढ्यो, तरलता खिच्दै राष्ट्र बैंक
- नारायणी नदी किनारका संरचना हटाउन भरतपुर महानगरको ३५ दिने सूचना
- आन्ध्र महासागरमा वेपत्ता पनडुब्बीको खोज जारी, अक्सिजनको अभावमा बेपत्ता पाँच जनालाई बचाउन कठिन
- राष्ट्रिय परीक्षा बोर्डद्वारा एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग
- पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

नेपाली सेनाको समरी जनरल सैनिक अदालतले दुई जना उच्च सैनिक अधिकारीलाई बर्खास्त गरेको छ । कमाण्डरको लिखित आदेश अवज्ञा गरेको अभियोगमा एक जना जर्नेल र कर्णेल बर्खास्तीमा परेका हुन् ।
सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार बुधबार बसेको समरी जनरल अदालतलले अनुशासन तथा आचरण सम्बन्धी कसूरमा सहायक रथी सरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई दोषी ठहर्याएका हो ।
उनीहरुलाई सैनिक ऐन, २०६३ अनुसार कारबाही गर्न सिफारिस गरिएको निर्देशनालयले जनाएको छ । दुई अधिकृतले सैनिक सुव्यवस्था तथा अनुशासन विपरितको काम गरेको र आफ्नो ओहदा अनुसारको जिम्मेवारी र आचरण नगरेको ठहर गरिएको भनिएको छ ।
सेनाले पद्दति तथा प्रणालीमा आधारित संगठन सञ्चालनमा जोड दिँदै पारदर्शिता र जवाफदेहिता कायम गर्ने तथा दण्डहिनताको अन्त्य गर्ने लक्ष्य अनुसार अनुशासन र आचरण विपरित कार्य गर्नेलाई शून्य सहनशिलताको नीति अवलम्बन गर्दै संगठन सुदृढीकरणमा प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।
-
-
10 months ago
एमालेका सचिव लेखराज भट्टलाई ज्यान मार्ने धम्की
-
Comments