- बैंकहरुमा तरलता बढ्यो, तरलता खिच्दै राष्ट्र बैंक
- नारायणी नदी किनारका संरचना हटाउन भरतपुर महानगरको ३५ दिने सूचना
- आन्ध्र महासागरमा वेपत्ता पनडुब्बीको खोज जारी, अक्सिजनको अभावमा बेपत्ता पाँच जनालाई बचाउन कठिन
- राष्ट्रिय परीक्षा बोर्डद्वारा एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग
- पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटर फर्किएलगत्तै अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) शीतलनिवास पुगेका छन् ।
चालू बजेट अधिवेशन अन्त्य गर्ने राष्ट्रपति भण्डारीको घोषणामा तीव्र असन्तुष्टि जनाउँदै प्रचण्ड शीतलनिवास पुगेका उनी निकट स्रोतले जनाएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपति भण्डारीलाई सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसलगत्तै राष्ट्रपति भण्डारीले आज बेलुका ५ बजेबाट लागू हुने गरी चालू बजेट अधिवेशन अन्त्य गरेकी छन् । सोही विषयलाई लिएर असन्तुष्ट रहेका प्रचण्ड राष्ट्रपतिलाई भेट्न पुगेका हुन् ।
एक चौथाइ सांसदले हस्ताक्षर गरेर संसदको अधिवेशनका माग गरे राष्ट्रपतिले पुनः अधिवेशन आह्वान गर्नुपर्ने हुन्छ । प्रचण्डले राष्ट्रपतिलाई आफूहरूले एक चौथाइ सांसदको हस्ताक्षर पुर्याएर पुनः अधिवेशन आह्वान गर्ने कुराको जानकारी गराउन प्रचण्ड शीतलनिवास पुगेको बताइएको छ ।
मन्त्रिपरिषद् बैठक अगाडि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्तासमेत गरेका थिए ।
-
-
6 months ago
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
-
Comments