# Recent News
- विपिनकाे रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई विपिनका बुबाआमाकाे आग्रह
- त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ
- त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित चन्द्र घले पक्राउ
- अर्थतन्त्र सुधारका लागि नयाँ कार्यक्रमहरु अगाडि सारेको प्रधानमन्त्रीको दाबी
- एनसेलको शेयर खरिदबिक्रीबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार फर्किएका छन्।
यसअघि उनी प्रधानमन्त्री केपी शर्मा ओलीबाहेकका सचिवालय सदस्यसँग छलफल गरेर राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका थिए।
शितल निवासमा राष्ट्रपति भण्डारी र प्रचण्डबीच झन्डै १ घन्टा कुराकानी भएको थियो।
बालुवाटारमा स्थायी कमिटी बैठक रोकेर प्रचण्ड शितल निवास गएका थिए। आजको बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित भएकाले प्रचण्डले नै बैठक चलाएका थिए।
बैठक रोकेर प्रचण्ड बाहिरिएपछि स्थायी कमिटी सदस्यहरू अहिले बालुवाटारमै कुरेर बसेका थिए।
स्रोत: Setopati
Comments