- बैंकहरुमा तरलता बढ्यो, तरलता खिच्दै राष्ट्र बैंक
- नारायणी नदी किनारका संरचना हटाउन भरतपुर महानगरको ३५ दिने सूचना
- आन्ध्र महासागरमा वेपत्ता पनडुब्बीको खोज जारी, अक्सिजनको अभावमा बेपत्ता पाँच जनालाई बचाउन कठिन
- राष्ट्रिय परीक्षा बोर्डद्वारा एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग
- पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटीको बैठक पर्सिसम्मका लागि स्थगित भएको छ ।
बिहीबारको बैठकमा केशव बडाल र अमिक शेरचनले आफ्नो धारणा राखेका थिए ।
तर, त्यसलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी गरेको जानकारीपछि स्थायी कमिटीको बैठक स्थगित गरेर अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विभिन्न छलफलमा सहभागी भएका थिए ।
सरकारले आजै संसदको चालू अधिवेशन अन्त्य गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत राष्ट्रपति विद्या भण्डारीसँग भेट गरेका थिए ।
त्यसपछि बालुवाटारमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेपछि पुनः स्थायी कमिटीको बैठक बसेको थियो ।
बैठकमा पार्टी एकता गम्भीर संकटमा परेको भन्दै पार्टी एकतालाई हर हालतमा रक्षा र सुदृद्ध गर्नका लागि आपसी छलफल गर्नुपर्ने भन्दै बैठक पर्सि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
पार्टीको आन्तरिक समस्या समाधानका विषयमा भोलि दिनभर आन्तरिक गृहकार्य गरेपछि शनिबार ११ बजे पुनः स्थायी कमिटीको बैठक बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
-
-
6 months ago
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
-
Comments