# Recent News
- विपिनकाे रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई विपिनका बुबाआमाकाे आग्रह
- त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ
- त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित चन्द्र घले पक्राउ
- अर्थतन्त्र सुधारका लागि नयाँ कार्यक्रमहरु अगाडि सारेको प्रधानमन्त्रीको दाबी
- एनसेलको शेयर खरिदबिक्रीबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन

भारत उत्तर प्रदेशको कानपुरमा टोले गुण्डाहरूसँग भएको मुठभेडमा सर्कल अफिसर (सीओ) सहित ८ जना प्रहरीको मृत्यु भएको छ ।
गुण्डाहरूलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमण हुँदा ८ प्रहरी मारिएको एडीजी जय नारायण सिंहलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
आक्रमणमा परी अन्य ४ प्रहरी घाइते भएका छन् ।घटना कानपुरस्थित चौबेपुर थाना क्षेत्रको बिकरु गाउँको हो । विकास दुबे नाम गरेका गुण्डा नाइकेलाई पक्राउ गर्न प्रहरी टोली उक्त गाउँमा गएको थियो । यसै क्रममा गुण्डा नाइके विकास र उनका साथीहरूले प्रहरीमाथि गोली चलाएका थिए ।
मृत्यु हुनेमा सीओ बिल्हौर देवेन्द्र मिश्रा र एसओ शिवराजपुर महेश यादव पनि छन् । पछि प्रहरीको अर्को टोलीले दुबेलाई घरैबाट नियन्त्रणमा लिएको छ ।
Featured News
-
-
3 years ago
भारतका पूर्व राष्ट्रपतिको कोरोनाका कारण निधन
-
3 years ago
जापानमा तातो हावाबाट हजारौं प्रभावित
Comments