# Recent News
- पालेर्मो प्रोटोकल कार्यान्वयनका लागि ऐनहरूमा गर्नुपर्ने संशोधनबारे छलफल
- तिनकुने देखि जडिबुटीसम्म सुरुङमार्ग निर्माण हुने
- नबकान्तिपुर साकोसको २३औं साधारण सभा सम्पन्न, १८ प्रतिशत लाभांश घोषणा
- पत्रकार एवं स्काउट लिडर राजिव खत्रीको 'स्कार्फ' नियात्रा संग्रह सार्वजनिक
- जनकपुर-जयनगर रेल माघभित्र सञ्चालन गर्ने तयारी

एउटा फोटो खिच्, माछो माछो भ्यागुतो यसपालिको तीज बोलको तीजको गीत गायक दुर्गेश थापाले सार्वजनिक गरेका छन् । यस वर्षको तीजलाई लक्षित गर्दै ‘बीच बीचमा २’ सार्वजनिक गरिएको हो ।
सार्वजनिक ‘एउटा फोटो खिच्’ बोलको यस गीतमा कोरोनाका कारण यस वर्षको तीज मनाउन नपाइएको कुरा समेटिएको छ ।
दुर्गेश थापाकै संगीत रहेको गीतमा दुर्गेश थापा, राम खत्री, राजन कार्कीको स्वर सुन्न सकिन्छ । गत वर्षको हिट गीत ‘बीच बीचमा’को सिक्वोलका रूपमा याे गीत तयार गरिएको हो ।
शिव विकको निर्देशनमा बनेको भिडियोमा दुर्गेश थापा, जीवन सहानी क्षत्री, जीबी चिरन, सारिका केसी, अस्मिता जुरेली, दिपशा विसी, टीका जैसी, सविता राई, इनि विष्ट, शिल्पा खड्कालगायतको अभिनय छ ।
अर्जुन तिवारी र उनको टिमले खिचेको भिडियोको सम्पादन तथा कलर मिलन विश्वकर्माले गरेका हुन् ।
Comments