
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई जोगाउन नेताहरूले केन्द्रीय कार्यालय धुम्बाराहीमा धर्ना दिएका छन् ।
रामकुमारी झाक्री, ठाकुर गैरे, दीपशिखा, हिमाल शर्मालगायतका नेताहरूले पार्टीलाई जोगाउनका केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेका हुन् । पार्टीभित्र बढेका तिक्तता छलफलबाट नै समाधान गर्न दबाब दिने उद्देश्यले धर्ना सुरु गरेका हुन् ।
धर्नामा बसेकाहरूले पार्टीभित्र चर्किएको अन्तरद्वन्द्व बैठक र छलफलबाटै समाधान गर्नुपर्ने, पार्टीको विधि र प्रक्रियाबाट समाधान निकाल्नुपर्नेलगायतका माग गरेका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विषयलाई लिएर विवाद चुलिएपछि पार्टी फुटको संघारमा छ ।
Featured News
Comments