
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या निरन्तरता बढ्दै गएपछि गृहमन्त्रालयले उपत्यका भित्रिने सवारी साधनमा थप कडाइ गर्ने भएको छ । केहिदिन यता बिना चेेेकजांच प्रवेश पाएसंगै हजारौं यात्रु उपत्यका भित्रिएका थिए ।
बिभिन्न ठाउँबाट यात्रु प्रवेश गरेसंगै उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमित बढ्न थालेपछि उपत्यका भित्रिने सवारी साधन चेकजाँचमा कडाई गर्न थालिएको हो । महानगरीय ट्राफिक प्रहरीका अनुसार उपत्यका भित्रिने नाका नागढुङगा, साँगा र फर्पिङमा चेकजाँचमा कडाइ गरिएको छ ।
महाशाखाका अनुसार बिहीबार राजधानीमा बाहिरबाट बिनापास छिर्न खोज्ने २ सय ३४ सवारी साधनलाई फिर्ता पठाइएको छ ।
त्यसरी नै शुक्रबार पनि बिनापास उपत्यका भित्रिन खोज्ने सवारी साधनमा कडाइ गरिएको छ । केहि दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ । शुक्रबार काठमाडौंको बानेश्वरका एकजनाको कोरोना भाईरसका कारण मृत्यु भएको पुष्टि भएको छ भने ३ दिनयता ३८ जना संक्रमित थपिएका छन् ।
-
3 months ago
एमालेका सचिव लेखराज भट्टलाई ज्यान मार्ने धम्की
-
-
Comments