Loading...
Logo
Image

नेकपा स्थायी कमिटी बैठक २२ गतेसम्मका लागि स्थगित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक  असार २२ गते सम्मका लागि स्थगित भएको छ ।

आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएकाे बैठक २२ गतेसम्मका लागि स्थगित गरिएकाे हो ।

पार्टीभित्र देखिएको आन्तरिक विवाद मिलाउनका लागि आजको बैठक स्थगित गरिएको बताइएको छ ।

केही स्थायी कमिटी सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि अहिले नेकपाभित्रको विवाद बढेको छ । 

विवाद सामाधानका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग प्रधानमन्त्री ओलीले आज पनि छफल गर्ने बताइएको छ । 

शुक्रबार पनि दुबै अध्यक्षबीच विवाद समाधानका लागि छलफल भए पनि कुनै निष्कर्श निस्केको थिएन । शनिबार बस्ने ओली-प्रचण्डबीचको छलफलले ठोस निष्कर्श निकाल्ने आशा गरिएको छ ।  

Comments