
ललितपुरको खोकनामा रोपाईं गर्न गएका किसान र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले केही सेल अश्रुग्यास समेत हानेको छ ।
विकासका नाममा जग्गाजमिन र पुर्खौली जग्गगा गरेको भन्दै खोकनाबासीले विरोध गर्दै आएका थिए । पछिल्लो समय अधिग्रहणका लागि सूचना निकालेको जमिनमा खनजोत गर्न समेत नदिएपछि स्थानीयले खड्का फाँटमा संयुक्त रोपाइँ कार्यक्रम राखिएको थियो । संंयुक्त रोपाईंको लागि गएका किसानलाई प्रहरीले रोक्न खोजेपछि विहानैदेखि तनाव बढेको थियो । स्थानीयबासीले प्रहरीलाई खेतमा पुग्नै अगाडि नै रोकेर खानजोत गरेका थिए ।
थप टोली बोलाएर प्रहरी अगाडि बढ्न थालेपछि स्थानीयले ढुंगामुढा गर्दा केही प्रहरी घाइते समेत भएका छन् भने भिडमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
काठमाडौं-तराई द्रुतमार्ग, बाहिरी चक्रपथ र मातातीर्थ-भक्तपुर १३२ केभी प्रसारणलाइन खोकना हुँदै बनाउने तयारी छ । तर स्थानीयबासीले भने विकासका नाममा सांस्कृतिक शहरमाथि अतिक्रमण गरेको भन्दै विरोध गर्दै आएका छन् ।
-
3 months ago
एमालेका सचिव लेखराज भट्टलाई ज्यान मार्ने धम्की
-
-
Comments