- बैंकहरुमा तरलता बढ्यो, तरलता खिच्दै राष्ट्र बैंक
- नारायणी नदी किनारका संरचना हटाउन भरतपुर महानगरको ३५ दिने सूचना
- आन्ध्र महासागरमा वेपत्ता पनडुब्बीको खोज जारी, अक्सिजनको अभावमा बेपत्ता पाँच जनालाई बचाउन कठिन
- राष्ट्रिय परीक्षा बोर्डद्वारा एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग
- पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

मेलम्ची नगरपालिकाले ‘म खान्छु मैले उत्पादन गरेको तरकारी र खाद्यान्न’ अभियान चलाउने भएको छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यो अभियानलाई प्राथमिताका साथ सञ्चालन गर्ने उल्लेख गरिएको छ । नगरपालिकाले बाँझो जमीनमा तरकारी र खाद्यान्न उत्पादनका लागि प्रोत्साहन गर्न यो अभियान चलाउने भएको हो ।
कृषि तथा पशु विकासका लागि एकीकृत सेवा केन्द्रमार्फत कृषकलाई सेवा दिने, निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायीकरण गरी नगरलाई तरकारी, खाद्यान्न, दुग्ध र मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउने, नगरपालिकाभित्र तरकारी, फलफूल तथा नगदेबाली उत्पादनको पकेट क्षेत्र निर्धारण गरी विशेष कार्यक्रम सञ्चालन गर्नेसहितका नीति लिइएको नगरप्रमुख डम्बर अर्यालले बताए ।
नगरवासीको खाद्य सुरक्षालाई प्रत्याभूत गरी बागमती प्रदेश सरकारले अघि सारेको ‘कोही भोकै पर्दैनन्, भोकले कोही मर्दैनन्’ भन्ने अभियानलाई सार्थक तुल्याउनका लागि मुख्य खाद्यवस्तुको उत्पादनमा वृद्धि गर्न किसानलाई बीउबिजन, मलखाद आदि सहजरूपमा उपलब्ध गराउने व्यवस्था मिलाउने, नगरका मुख्य बजारमा कृषि उपज सङ्कलन केन्द्र निर्माण गरी स्तरवृद्धि गर्ने, नगरभित्र रहेका बाँझो तथा सार्वजनिक जग्गाको तथ्याङ्क सङ्कलन गरी उक्त जग्गामा कृषि सहकारीमार्फत सामूहिक कृषिखेती गर्न प्रोत्साहन गर्ने, आधुनिक कृषि प्रविधिको माध्यमबाट नमूना कृषि फार्म र फलफूल तथा तरकारीको नर्सरी स्थापना गर्नेसहितका महत्वकाङ्क्षी योजना नगरपालिकाको नीतिमा समेटिएको छ ।
सङ्घीय एवं प्रदेश सरकारसँग आवश्यक समन्वय गरी एक वडा एक कृषि तथा पशु प्राविधिक व्यवस्था गर्ने, कृषि बीमाको दायरालाई बिस्तार गर्दै अनुदान लिने लाभग्राही कृषकलाई कृषि बीमा अनिवार्य गर्ने लक्ष्य लिएको नगरपालिकाले कोरोनाका कारण स्वदेश तथा विदेशमा रोजगारी गुमाई गाउँ फर्किएका युवालाई प्रोत्साहन गर्दै आवश्यक सीप, तालिम र अनुदानको व्यवस्था गरी कृषि पेसामा संलग्न गराउने नीति लिएको छ ।
नगरपालिकाले कृषि, पशु र पर्यटनसहित पूवार्धार विकासका कार्यलाई प्राथमितकामा राखेर बजेट ल्याएको छ ।
-
-
10 months ago
एमालेका सचिव लेखराज भट्टलाई ज्यान मार्ने धम्की
-
Comments