Loading...
Logo
Image

ओली प्रचण्ड बिच सहमतिसाथ अघीबढ्ने सहमति

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटारमा भएको छलफल सकिएको छ । वार्तामा दुई अध्यक्षबीच पार्टी एकतालाई बचाएर सहमतिका आधारहरु खोज्ने सहमति भएको छ । 

आजको वार्तामा दुवै अध्यक्षबीच खुलेर कुरा भएको र सहमतिका आधारहरु खोज्ने सहमति भएको सहभागी छलफलमा सहभागि एक नेताले जानकारी दिए । सोमबार बिहान स्थायी कमिटीको बैठक बस्नुअघि दुई अध्यक्षवीच पुनः छलफल हुने भएको छ । 

यसअघि आइतबार दिउँसो पनि दुई अध्यक्षबीच वार्ता भएको थियो । आइतबारको वार्तामा वार्तामा प्रधानमन्त्री ओलीका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, पार्टी महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी थिए भने प्रचण्ड पक्षबाट वर्षमान पुन र जनार्दश शर्मा सहभागी थिए ।

छलफलमा नेताहरु दुरी एवं आशंका बढाउने क्रियाकलापहरु रोक्न सहमत भएका छन् । सोमबार बिहान स्थायी कमिटीको बैठकअघि पुनः दुई अध्यक्षवीच छलफल हुनेछ ।

Comments