
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी असार २४ गते सम्मका लागि स्थगित भएकाे छ ।
नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार यसअघि यही २० असारलाई बोलाइएको बैठक आजसम्म स्थगन गरिएकोमा पुनः बुधबारसम्म स्थगित गरिएको हाे ।
पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टीमा देखिएको समस्या समाधानका लागि थप छलफल आवश्यक भएकाले बैठक स्थगित गरिएकाे प्रचार विभाग उपप्रमुख थापाले बताए ।
पार्टीभित्र देखिएको विवाद समाधान गरी बैठक बस्ने तयारी गरिएको छ । अध्यक्षद्वय पार्टीभित्र देखिएको विवाद समाधान गर्न निरन्तर छलफल गरे पनि सहमतिमा पुग्न सकेका छैनन् ।
Featured News
-
3 months ago
एमालेका सचिव लेखराज भट्टलाई ज्यान मार्ने धम्की
-
-
Comments