
नेपाल वायु सेवा निगमका १४ उडान कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ पाइलटसहित १४ उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । अन्य ११ जना क्याबिन क्रुमा कोरोना संक्रमण देखिएको बताइएको छ ।
सरकारले दिएको जिम्मेवारी पूरा गर्ने क्रममा नेपाल वायु सेवा निगमका चालक दलका केही सदस्यमा कोभिड-१९ पोजिटिभ देखिएकोमा दु:ख लागेको पर्यटनमन्त्री योगेश भट्टराईले बताए । यसरी पुष्टि भएका पाइलट तथा उडान कर्मचारी सबैलाई होटल क्वारेन्टाइनमा राखिएको बताइएको छ ।
'नेपाल सरकारले दिएको जिम्मेवारी पूरा गर्ने क्रममा नेपाल वायुसेवा निगमका चालक दलका केही सदस्यमा कोरोना पोजिटिभ देखिएकोमा दु:ख लागेको छ,' उनले भने 'संकटकालीन अवस्थामा उहाँहरूले गर्नुभएको कामको उच्च प्रशंसा गर्दछु । उहाँहरूको सीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।'
स्रोत: शिलापत्र
Featured News
-
4 months ago
एमालेका सचिव लेखराज भट्टलाई ज्यान मार्ने धम्की
-
-
Comments