- बैंकहरुमा तरलता बढ्यो, तरलता खिच्दै राष्ट्र बैंक
- नारायणी नदी किनारका संरचना हटाउन भरतपुर महानगरको ३५ दिने सूचना
- आन्ध्र महासागरमा वेपत्ता पनडुब्बीको खोज जारी, अक्सिजनको अभावमा बेपत्ता पाँच जनालाई बचाउन कठिन
- राष्ट्रिय परीक्षा बोर्डद्वारा एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग
- पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

काठमाडौं उपत्यकाका तीन जिल्लामा सोमबार ५४ जना कोरोना संक्रमित थपिएका छन् । उपत्यकाका ३ जिल्लामा सोमबार ५४ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ललितपुरको पाटन अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १० जना, काठमाडौंका २४ जना ललितपुरका २० जनामा कोरोना भाइरसस संक्रमण देखिएको हो ।
त्यस्तै, टिचिङमा गरिएको परीक्षणमा पनि काठमाडौंका १ जनामा कोरोना देखिएको छ । मन्त्रालयले थपिएका संक्रमित कुन स्थानका हुन् भन्ने खुलाएको छैन ।
सोमबार देशभर १८० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. गौतमले देशभरका २५ वटा प्रयोगशालमा गरिएको परीक्षणका क्रममा १८० जनामा कोरोना देखिएको बताए । योसँगै नेपालमा कोरोना भाइरसस संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ ।
२५ वटा प्रयोगशालामा ४ हजार ७२१ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । क्वारेन्टाइनमा २९ हजार २१५ रहेका छन् भने ९ हजार ११८ जना आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टाको अवधिमा २६४ जनाले कोरोना भाइरससलाई जितेका छन् । अहिलेसम्म ६ हजार ८११ जनाले कोरोनालाई जितेको उनले बताए ।
-
-
6 months ago
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
-
Comments