
काठमाडौंको कालीमाटीस्थित होटल सोल्टीलाई सिल गरिएको छ । सोही होटलको एउटा ब्लकमा बस्ने गरेका नेपाल वायु सेवा निगमका ५ उडान कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै आज नै होटल सिल गरिएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्तका कालीमाटीका डीएसपी रुगम कुँवरले भने, ‘नेपाल वायु सेवा निगमका उडान कर्मचारीहरू होटल सोल्टीमा बस्ने गरेको र त्यहाँ बस्ने सो कम्पनीका कर्मचारीहरूमध्ये ५ जनामा कोरोना संक्रमण पुष्टि भएकाले स्वास्थ्य सुरक्षाका लागि सो होटल सिल गरिएको हो ।’
सो होटलमा बस्ने गरेका नेपाल एयरलाइन्सका कर्मचारीमध्ये ५ जनामा कोरोना संक्रमण देखिएको थियो ।डीएसपी कुँवरका अनुसार अब काेराेना संक्रमित ती सबै कर्चारीहरूलाई साेही हाेटलमै राखेर उपचार गरिनेछ । उनीहरूलाई काेराेनाकाे कुनै पनि लक्षण नदेखिएकाे उनले बताए ।
स्रोत: शिलापत्र
Featured News
Comments