Loading...
Logo
Image

सरिता गिरी समाजवादी पार्टी र सांसदबाट बर्खास्त

जनता समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई सांसदबाट हटाउने निर्णय गरेको छ । 

समाजवादी पार्टीको पदाधिकारी बैठकले उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरेको सो पार्टीका नेता विश्वदीप पाण्डेले जानकारी दिएका छन् । 

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।

पार्टीले संशोधन फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिए पनि उनले अटेर गरेकी थिइन् ।

Comments