Loading...
Logo
Image

शैलेश थापा क्षत्री नेपाल प्रहरीको महानिरीक्षक नियुक्त

नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेश थापा क्षत्री नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषदकाे बैठकले क्षत्रीलाई २८ औं आईजीपीमा नियुक्त गरेको हो । 

वर्तमान आईजीपी ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे प्रहरी सेवाका आधारमा २४ असारबाट अनिवार्य अवकाश पाउने भएपछि उनलाई सरकारले आईजीपी पदमा नियुक्त गरेको हो । 

१९ वैशाख २०४९ सालमा प्रहरी निरीक्षक (इक्सपेक्टर) बाट सेवा सुरु गरेका क्षत्रीको कार्यकाल १८ वैशाख २०७९ सम्म हुनेछ।

Comments