- बैंकहरुमा तरलता बढ्यो, तरलता खिच्दै राष्ट्र बैंक
- नारायणी नदी किनारका संरचना हटाउन भरतपुर महानगरको ३५ दिने सूचना
- आन्ध्र महासागरमा वेपत्ता पनडुब्बीको खोज जारी, अक्सिजनको अभावमा बेपत्ता पाँच जनालाई बचाउन कठिन
- राष्ट्रिय परीक्षा बोर्डद्वारा एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग
- पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

पुँजी बजारका विषयमा अध्ययन गर्न गठित संघीय संसदको अर्थसमितिले बनाएको उपसमितिले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जमा कार्यरत कर्मचारीहरुलाई साधारण सेयर (आईपीओ) भर्न नदिन सिफारिस गरेको छ ।
नेकपाकी सांसद रामकुमारी झााक्री संयोजकत्वको उपसमितिले लामो अध्ययन पछि मंगलबार समितिलाई प्रतिवेदन बुझाएको प्रतिवेदनमा बोर्ड र नेप्सेका कर्मचारीहरुलाई आईपीओ भर्न नदिन सिफारिस गरेको हो ।
उपसमितिले बुझाएको प्रतिवेदनमा यसअघि भरेर परेको आईपीओहरु घोषणा गरी विक्री गर्न पाउने तर नयाँ आवेदन दिन नपाउने सिफारिस गरिएको छ । उपसमितिले सिफारिस गरेपनि यहिँ कार्यान्वयन हुने पक्का भने हुँदैन ।
प्रतिवेदनमाथि अब समितिमा छलफल हुनेछ । छलफलपछि समितिले सम्बन्धित निकायमा कार्यान्वयनका लागि आवश्यक निर्देशनहरु दिनेछ ।
उपसमितिले बोर्डलाई नेप्सेको अनलाइन प्रणालिमा आवद्ध गरी निगरानी र अनुमगन गर्ने व्यवस्था मिलाउन पनि सिफारिस गरेको छ । विद्युतिय विवरण प्रवाह प्रणालीको विकास गरी लागू गर्ने, सूचना प्रविधि नीति लागू गर्न आवश्यक निर्देशका बनाउने लगायतका सुझाव उपसमितिले दिएको छ ।
-
3 months ago
बैंकहरुमा तरलता बढ्यो, तरलता खिच्दै राष्ट्र बैंक
-
1 year ago
होटल याक एण्ड यति बन्द गर्ने सरकारको निर्णय
-
Comments