- बैंकहरुमा तरलता बढ्यो, तरलता खिच्दै राष्ट्र बैंक
- नारायणी नदी किनारका संरचना हटाउन भरतपुर महानगरको ३५ दिने सूचना
- आन्ध्र महासागरमा वेपत्ता पनडुब्बीको खोज जारी, अक्सिजनको अभावमा बेपत्ता पाँच जनालाई बचाउन कठिन
- राष्ट्रिय परीक्षा बोर्डद्वारा एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग
- पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

कारोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोक प्रवेश गर्ने नाकामा थप कडाइ गरिएको छ ।
साथै अनुमतिबिनाका सवारीलाई पूर्णरूपमा रोक लगाइएको जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ ।
१ महिनाको अवधिमा काभ्रेपलाञ्चोकका १४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएपछि जिल्ला प्रवेशनाकामा थप कडाइ गरिएको हो ।
जिल्लामा प्रवेशनाका मध्यपहाडी तथा पूर्वी क्षेत्रबाट बिपी राजमार्ग हुँदै सवारी आवागमन हुने स्थान मङ्गलटार, सिन्धुपाल्चोक र दोलखाबाट अरनिको राजमार्ग हुँदै आवागमन हुने नाका दोलालघाट तथा काठमाडौं उपत्यकामा आवागमन हुने मुख्यनाका साँगामा थप कडाइ गरिएको केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए । उनका अनुसार सवारी पास अनुमतिको प्रयोगलाई अझ प्रभावकारी बनाइनेछ ।
स्वास्थ्य निर्देशिका बमोजिम सवारी साधनमा यात्रा गर्नेले मास्क नलगाएको तथा दूरी कायम नगरेको पाइए पनि कारवाही गरिने तिमल्सिनाले बताए । ‘हाल काभ्रेपलाञ्चोकबाट अन्य जिल्लामा जाने सार्वजनिक यातायात बस, मिनीबस तथा माइक्रोबससमेतलाई पास नदिने निर्णय भएको छ,’ उनले भने । उनका अनुसार अन्य सवारीका हकमा पासमा उल्लेख भएका यात्रु संख्याको बारेमासमेत विशेष निगरानी गरिनेछ ।
यसैबीच उच्च जोखिमका कारण बढी जनघनत्व भएका शहरबाट जिल्लामा आउनेलाई स्थानीय क्वारेन्टाइन वा होम क्वारेन्टाइन मा बस्ने सुनिश्चिततापछि मात्रै अनुमति दिइएको छ । यसका लागि स्थानीय तहले आफ्ना नागरिक कुन क्वारेन्टाइन मा बस्ने भन्ने ग्यारेन्टी गरेपछि मात्रै कोभिड-१९ रोकथाम तथा नियन्त्रण जिल्ला कमाण्ड पोष्टले सहजीकरणको व्यवस्था मिलाएको हो ।
बढी जनघनत्व भएका काठमाडौं, पोखरा, विराटनगर, नेपालगञ्ज, बुटवल, भैरहवा, वीरगञ्ज, धनगढी, जनकपुर आदि शहर तथा जिल्ला सदरमुकामबाट आउनेजानेका स्थानीय तहद्वारा सुनिश्चितता गर्नुपर्ने भएको हो ।
आवागमन गर्ने नागरिक कुन क्वारेन्टाइन मा बस्ने भन्ने विषयमा सम्बन्धित पालिकाद्वारा सुनिश्चितता भएपछि मात्रै अनुमति दिइने पोष्टले जनाएको छ ।
पोष्टका अनुसार हाल जिल्लामा स्थलमार्ग अथवा हवाईमार्गबाट आउने व्यक्तिले आफ्नो घरमा क्वारेन्टाइन सरहको सुविधा भएको ब्यहोरोसहित होम क्वारेन्टाइन मा बस्न अनुरोध गर्नुपर्छ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोके बमोजिमको होम क्वारेन्टाइन सम्बन्धी नियम पालना गर्ने गरी होम क्वारेन्टाइन बस्ने अनुमति दिइने निर्णय गरिएको छ ।
साथै विदेशबाट आएकामध्ये आफैँ खर्च व्यहोर्न सक्नेलाई धुलिखेलस्थित सुविधासम्पन्न होटल क्वारेन्टाइन राख्ने तयारीसमेत गरिएको छ ।
हाल करिब २०० नागरिक स्थानीय तहका क्वारेन्टाइन मा बसेको पोष्टले जनाएको छ । हालसम्म विदेशबाट १६३ आएका छन् ।
काभ्रेपलाञ्चोकका स्थानीय तहमा रहेका क्वारेन्टाइन को क्षमता विस्तार गर्दै स्वास्थ्य सुरक्षा थप व्यवस्थित गर्न १०० श्यया क्षमताको बनाउने तयारी गरिएको छ । हालसम्म काभ्रेपलाञ्चोकका १४ सङ्क्रमितमध्ये सात उपचारपछि घर फर्किएका छन् ।
-
-
10 months ago
एमालेका सचिव लेखराज भट्टलाई ज्यान मार्ने धम्की
-
Comments